Banijya News

ग्लोबल आइएमई बैंकको डीसीईओमा दीपचन्द्र रेग्मी

1
1.0K Shares

ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत अर्थात् डीसीईओमा दीपचन्द्र रेग्मी बढुवा हुनुभएको छ। मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले रेग्मीलाई डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो। यसअघि उहाँ बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो। रेग्मीले सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट आफ्नो बैंकिङ करिअर सुरु गर्नुभएको थियो। सन् २००९ देखि भने उहाँ ग्लोबल आइएमई बैंकमा आबद्ध हुनुहुन्छ।

बैंकमा रहँदा उहाँले प्रमुख वित्तीय अधिकृत, प्रमुख मानव संसाधन अधिकृत, प्रमुख कर्जा अधिकृत तथा ट्रेड फाइनान्स प्रमुखलगायतका महत्वपूर्ण जिम्मेवारी सम्हालिसक्नुभएको छ। उहाँ बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समितिको अध्यक्षसमेत हुनुहुन्छ। रेग्मीले थाइल्याण्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी र डेनमार्कको कोपेनहेगन बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर अर्थात् एमबीए उपाधि हासिल गर्नुभएको छ।

1

Scroll to Top