Banijya News

अकस्मात लुटपाटका लागि समूह नै घरभित्र पसेपछी…

1
1.1K Shares

०८ माघ, २०७६, काठमाडौं ।
आज बिहान गोलबजार नगरपालिका–४ मा रहेको प्रदिप साहको घरभित्र पसेर लुटपाट गर्न खोज्नेमध्ये एक भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहारका २१ वर्षीय सन्तोष मण्डल धानुक रहेका छन् ।
लुटेराको समुह धानुक सहित बुधबार बिहान ६, ७ जनाको समूहमा आएका थिए । उनीहरुले घरभित्र पसेर एक्कासी लुटपाट मच्चाउन खोजेका थिए ।
लुटेराको समूह घरबाट बाहिर निस्कन लागेका साहमाथि कुटपीट गर्दै भित्र पसेर कोही दराज खोल्न थालेका थिए । हल्लाखल्ला मच्चिएपछि स्थानीय जम्मा भएपछी लुटेराहरु स्कारपियो चढेर भागका थिए ।
घरभित्र पस्नासाथ कुटपिट गर्न थालेका लुटेराले मोबाइलबाहेक अन्य केही पनि लग्न नपाएको साहको भनाइ छ ।

पक्राउ परेका सन्तोषको माध्यमबाट अन्य लुटेराको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

1

Scroll to Top