Banijya News

क्रिस गेल आउने भएपछि नेपाली क्रिकेट खेलाडी उत्साहित

1
1.1K Shares

माघ १७, काठमाडौं ।
वेष्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले आसन्न एभरेष्ट प्रिमियर लिग ईपीएल खेल्ने नेपाल आउँने भएपछि नेपाली खेलाडी उत्साहित भएका छन् । पोखरा राइनोजले इपिएलका लागि आइकोनिक खेलाडीका रूपमा खेल्ने तयारी गरेका गेलको नेपाल आगमनलाई टिमले ठूलो सफलता मानेको छ । पोखरा राइनोज टिमकी मालिक दीपा अग्रवालका अनुसार इपिएलको सफलताका कारण गेल नेपालमा खेल्न आएका हुन र उनको आगमनसँगै टिममा थप रौनकता छाएको छ ।
उनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पनि पोखराले लामो प्रयासपछि गेल इपिएल खेल्न मानेको बताउँदै उनले कम्तीमा दुई खेल खेल्ने जनाएको छ ।
इन्डियन प्रिमियर लिग आइपिएलमा किंग्स इलेभेन पञ्जाबबाट खेल्दै आएका गेल एभरेष्ट प्रिमियर लिग इपिएलका लागि आगामी मार्च १२ मा नेपाल आउनेछन् ।
इपिएलको आगामी संस्करण आगामी चैत १ देखी १५ गतेसम्म काठमाडौंमा हुँदैछ । इपीएल लगत्तै भारतमा आईपीएल सुरु हुनेछ । आईपीएलको खेल तालिका अनुसार गेलले इपीएलमा कति खेल खेल्ने भन्ने तय हुनेछ ।

1

Scroll to Top