Banijya News

लुटेरा समूहद्वारा गोली प्रहार हुँदा घटनास्थलमै युवकको मृत्यु

1
1.1K Shares

०१ फागुन, २०७६, काठमाण्डौ

लुटेरा समूहले चलाएको गोली लागेर सप्तरीमा एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बोदे बरसाईन नगरपालिका वडा नम्बर– ५ जाँजरका २२ वर्षीय डम्बर यादव रहेका छन् ।
भारतको झन्झारपुरबाट समान खरिद गरेर स्कोरपियोमा घर फर्किने क्रममा यादवमाथि गोली प्रहार भएको हो । यादवको शव बुधबार साँझ घर ल्याएपछि घटना सार्वजनिक भएको हो ।
मोटरसाईकलमा सवार रहेका लुटेरा समुहले पछाडिबाट गाडी रोक्न दवाव दिँदा उनले नरोकेपछी यादव लाई गोली प्रहार गरिएको थियो । गोली प्रहार लगत्तै लुटेरा समूह भागेको थियो । यादवसँगै स्कोरपियोमा सवार बोदेबरसाईन नगरपालिका वडा नम्बर ८ काचनका सुरेन्द्र यादव र सोही ठाउँका अनिलकुमार यादव सकुशल रहेका छन् ।
यस विषयमा थप जानकारी लिईरहेको प्रहरीले बताएको छ ।

1

Scroll to Top