फागुन ०३, काठमाडौं ।
नेपालीमा एक उखान छ,– ‘छोरो विग्रियो कमर्श पढेर, छोरी विग्री नर्स पढेर ।’ भएको पनि यस्तौ छ । कमर्श पढने छोरा र नर्स पढने छोरीहरु स्थाई जागिरको अभावमा समाजमा भौतारिदै गर्दा यो उखान टुक्रा ब्यावहारमा चरितार्थ भएको हो । समाजमा उद्योग कलकारखाना देखि बैक तथा वित्तीय सस्थाको विकास हुदै गर्दा कमर्श पढने छोरा भन्दा नर्स पढने छोरीहरु बढी पिढित हुने गरेको पाइन्छ ।
घेरै छात्रामा नर्स बन्ने चाहाना प्रबल हुन्छ । अभिभावले पनि छोरीलाई नर्सिङ पढाएर उसको भविष्य सुन्दर बनाइदिने चाहाना राखेका हुन्छन् । त्यही अनुसारको लगानी पनि अविभावकले गर्ने गरेमा छन् । लगानी अनुसारको उच्च अंक ल्याएर घरै छात्राले सोचेको जस्तो अंक सहितको प्रमाण समेत प्राप्त गर्ने गरेका छन् । तर जसरी छात्राले पढेर सोही अनुसारको प्रमाणपत्र प्राप्त गर्छन सोही अनुसारको सम्मान जनक तरिकाको रोजगारी भने पाउँन सक्दैनन् । रोजगारी पाएपनि पनि उनिहरुले सोचेको जस्तो तलब पाएका छैनन् । काम चुनौतीपूण भएपनि तलब कम भएका कारण बिरामीको हेरचाह गर्नुपर्ने नर्स आफैँ तनावमा रहेका छन् ।
अनिता सुब्बा बाँसबारीको एक अस्पतालमा तीन महिनादेखि न्यून तलबमा काम गरिरहेकी छिन् ।
बिगत लामो समयदेखि नर्सिङ्ग पेशालाई मर्यादित र व्यवस्थित गर्नुपर्ने माग सबैतिरबाट उठ्न थालेको भएपनि कार्यस्थलबाट उनिहरु सम्मानित हुन नसकेको गुनासो पनि आइरहेको छ ।
नर्सहरुका अनुसार राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रोलाई निरुत्साहित गर्ने व्यवस्था हुनु पर्दछ । सिनेरेटीको हिसावले पनि पुरानालाई सम्मान गर्नुपर्ने उनिहरुको क्षमताको कदर गर्नु पर्दछ । पदोनत्ती गर्नका लागि तालिमको व्यवस्था गर्नु पर्ने बताउदै उनिहरुले अहिले बन्द भएको औषधी उपचार खर्च समेत कटौती भएकोमा गम्भिर आपत्ति जनाएका छन् । सरकारी अस्पतालमा काम नपाएपछि कम तलबमै बाँसबारीको अस्पतालमा काम गर्न बाध्य भएको उनले बताइन । अस्पतालमा बिरामीको चाप धेरै हुने भएकाले नर्सले धेरैभन्दा धेरै समय ड्युटीमा खटिनुपर्ने अवस्था रहेको उनी बताउँछिन । ‘हाम्रो ड्युटी आठ घन्टा हुनुपर्ने हो, तर झन्डै १४ देखि १५ घन्टासम्म काम गर्नुपर्ने बाध्यता छ,’ उनले भनिन । तलव भने आफू खेट अनुसार पाचस हजार माथि हुनुपर्नेमा त्यो नभएका उठनको ठहर छ । उनी त प्रतिनिधी पात्र मात्र हुन् उनी जस्तै हजारै नर्सहरु यसरीनै बढी खटेर कम तलबमा काम गरिरहेका छन् ।
पिसिएल नर्सिङ पढिसक्दासम्म विद्यार्थीले पाँचदेखि १५ लाख रुपैयाँसम्म खर्च गरिसकेका हुन्छ । यसपछि विनातलब केही समय काम गरेर बल्ल उनीहरुले जागिर पाउँछन । सरकारी अस्पतालमा काम नपाएपछि कम तलबमै प्राइभेट अस्पतालमा काम गर्न बाध्य हुन्छन् । अस्पतालमा बिरामीको चाप धेरै हुने भएकाले नर्सले धेरैभन्दा धेरै समय ड्युटीमा खटिनुपर्ने अवस्था हुन्छ ।
नर्सिङ शिक्षामा बढ्दो आकर्षण आवश्यकताभन्दा बढी कलेज खुल्नु र अस्पतालमा आवश्यकता अनुसार दरबन्दी नहुनुले नर्स बेरोजगार हुनुपर्ने बाध्यता सिर्जना भएको हो । नर्सिङ संघका अनुसार बिरामीको चाप रहने अस्पतालमा रातिको समयमा एउटै नर्सले २० देखि ३० जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ । झन्डै १४ देखि १५ घन्टासम्म काम गर्नुपर्ने बाध्यतामा नर्सहरु छन् । नर्सिङ संघको तथ्यांकअनुसार नेपालमा ९० हजार ६२ जना नर्स भएपनि १२ हजार नर्स मात्र सरकारी अस्पतालमा कार्यरत रहेका छन् ।
सरकारी अस्पतालमा काम गर्ने नर्सका लागि तलबको समस्या छैन तर निजी अस्पतालमा निकै कम तलब दिने गरिन्छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार जनरल वार्डमा पाँचजना बिरामी बराबर एक नर्स, प्रसूति कक्षमा एक बिरामीबराबर दुईजना नर्स, शल्यक्रिया कक्षमा एक बिरामीबराबर तीनजना नर्स, आइसियू र सिसियूमा एक बिरामीबराबर एक नर्स र हाईकेयरमा दुई बिरामीबराबर एक नर्स हुनुपर्ने व्यवस्था छ ।
नर्सले झेलिरहेको समस्याले उनीहरूको व्यवहारमा पनि असर गर्ने गरेको छ । कामको ओभरलोड, न्यून तलबको कारण व्यवहार रुखो हुने, झर्केर बोल्ने वा नराम्रो व्यवहार देखाउने, गुनासो बिरामीको रहेको छ । नेपालमा भने जस्तो अवसर नपाउँने भएका कारणा धेरै नर्स बर्सेनी अस्ट्रेलिया, क्यानडालगायत पश्चिमा मुलुकमा उच्च शिक्षा लगायतका नाममा विदेशिने गरेका छन् ।


