Banijya News

१४ प्रतिशतसम्म पुग्यो लघुवित्तहरुको निष्क्रिय कर्जा

1
1.1K Shares

लघुवित्त संस्थाहरुमा निष्क्रिय कर्जाको ग्राफ बढेको छ । हाल ५२ लघुवित्त सञ्चालनमा रहेकामा २७ वटाको गत आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तहरुको निष्क्रिय कर्जा १४ प्रतिशतसम्म पुगेको छ ।

गत आवको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका २७ वटामध्ये सबैभन्दा बढी निष्क्रिय कर्जा नाडेप लघुवित्तमा देखिएको छ भने सबैभन्दा कम सपोर्ट लघुवित्तमा देखिएको छ । नाडेपमा १४ दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय देखिँदा सपोर्टमा एक दशमलव ५८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

अघिल्लो आवको सोही अवधिमा नाडेपमा नौ दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय देखिँदा सपोर्टमा एक दशमलव ८२ प्रतिशत मात्र कर्जा निष्क्रिय देखिएको थियो । त्यसैगरी, युनिक र नेरुडे लघुवित्तमा पनि गत आवको चौथो त्रैमासमा क्रमशः १२ दशमलव २१ र ११ दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । अघिल्लो आवको सोही अवधिमा यी संस्थाहरुमा यस्तो कर्जाको अनुपात क्रमशः १७ दशमलव ४२ र १० दशमलव ४१ प्रतिशत रहेको थियो ।

सोबाहेक लक्ष्मी, सिर्जनशील र मेरो माइक्रोफाइनान्समा पनि पछिल्लो अवधिमा क्रमशः १० दशमलव ३०, नौ दशमलव ७९ र नौ दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा यी संस्थाहरुमा क्रमशः सात दशमलव ४७, छ दशमलव ४९ र आठ दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।

गत आवको चौथो त्रैमासमा स्वरोजगार, इन्फिनिटी र समता घरेलु लघुवित्त वित्तीय संस्थाहरुमा भने क्रमशः सात दशमलव ५४, सात दशमलव ४३ र छ दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा यी संस्थाहरुमा क्रमशः पाँच दशमलव ५६, १० दशमलव १९ र १९ दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।

त्यसैगरी, जनउत्थान, मानुषी र सम्पदा लघुवित्तमा पनि पछिल्लो अवधिमा क्रमशः छ दशमलव १७, छ दशमलव १४ र छ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा यी संस्थाहरुमा यस्तो कर्जाको अनुपात क्रमशः छ दशमलव ६५, आठ दशमलव शून्य चार र चार दशमलव ८० प्रतिशत रहेको थियो । हिमालयन, महुली र सूर्योदय द्र लघुवित्तमा भने पछिल्लो अवधिमा क्रमशः पाँच दशमलव ३३, चार दशमलव ८० र चार दशमलव ७० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा यी संस्थाहरुमा क्रमशः तीन दशमलव ४९, तीन दशमलव ९४ र छ दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।

त्यस्तै, कालिका, सीवाईसी र आशा लघुवित्तमा पनि पछिल्लो अवधिमा क्रमशः चार दशमलव ६७, चार दशमलव ५४ र चार दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा यी संस्थाहरुमा यस्तो कर्जाको अनुपात क्रमशः तीन दशमलव ७९, चार दशमलव शून्य पाँच र चार दशमलव ८१ प्रतिशत रहेको थियो । एनएमबी, स्वाभिमान र नेसनल लघुवित्तमा पनि पछिल्लो अवधिमा क्रमशः चार दशमलव ४३, चार दशमलव २० र चार दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा यी संस्थाहरुमा यस्तो कर्जाको अनुपात क्रमशः छ दशमलव ३६, सात दशमलव ३५ र तीन दशमलव ६१ प्रतिशत रहेको थियो ।

गत आवको चौथो त्रैमासिक अवधिमा अभियान, फस्ट माइक्रो र ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्थामा भने क्रमशः चार, तीन दशमलव ८४ र तीन दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा यी संस्थाहरुमा यस्तो कर्जाको अनुपात क्रमशः चार दशमलव ९८, तीन दशमलव १६ र चार दशमलव शून्य सात प्रतिशत रहेको थियो । गुराँस र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थामा भने पछिल्लो अवधिमा क्रमशः दुई दशमलव ९१ र दुई दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अघिल्लो आवको सोही अवधिमा यी संस्थाहरुमा क्रमशः तीन दशमलव ६७ र चार दशमलव २१ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।

1

Scroll to Top