राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा एक साताभित्र प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले अबको एक साताभित्र नतिजा प्रकाशित गर्ने तयारी गरिएको जानकारी दिए
गत वैशाख ११ गतेदेखि सुरु भएको परीक्षा वैशाख २४ गते सकिएको थियो । बोर्डका अनुसार, परीक्षामा पाँच लाख ११ हजार ५२५ जना विद्यार्थी सहभागी भएका थिए ।
परीक्षामा नियमिततर्फ तीन लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना सहभागी भएका थिए ।


