गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संस्थापक र सर्वसाधारणका लागि छुट्टा–छुट्टै इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन (आइजिन) नम्बर लागू नगर्न माग गरेको छ । संघले सोमबार एक विज्ञप्ति जारी गर्दै यो व्यवस्था लागू गरेमा नेपालको पुँजी बजार, लगानी वातावरण र गैरआवासीय नेपालीको लगानी नेपालमा ल्याउने योजनामा नकारात्मक असर पार्न सक्ने संघको भनाइ छ ।
सिडिएसले दुई आइजिन बनाउने प्रस्ताव नेपाल धितोपत्र बोर्डमा पेस गरेको छ । त्यसमा चौतर्फी रूपमा आलोचना भएको छ । सोही क्रममा एनआरएनएले पनि यसमा आपत्ति जनाएको हो ।
यो प्रस्ताव कार्यान्वयनमा गएमा विदेशमा बसोवास गर्ने नेपाली संस्थापक लगानीकर्तामा भ्रम र निराशा फैलिने, सेयर कारोबारमा अन्योल बढ्ने तथा दीर्घकालीन रूपमा पुँजी बजारको स्थायित्व र पारदर्शितामा गम्भीर असर पर्ने एनआरएनएको भनाइ छ ।
विश्वभरिका गैरआवासीय नेपालीलाई नेपालको विकासमा सहभागी हुन तथा आफ्नो ज्ञान, सिप र पुँजी भिœयाउन सहज वातावरण निर्माण गर्नुपर्नेमा यस प्रस्तावित निर्देशिकाले लगानीमा ठुलो असर पर्ने यस संघको ठहर छ ।’


