प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मल व्यवस्थापन र उत्पादन वृद्धिका विषयमा तीनबुँदे निर्देशन दिएका छन् ।
मल व्यवस्थापन र उत्पादन वृद्धिबारे मंगलबार (साउन २७) सिंहदरबारमा कृषि र उद्योगमन्त्रीसहित सम्बद्ध अधिकारीसँगको छलफलपछि प्रधानमन्त्री ओलीले तीन दिनभित्र सम्पादन गर्ने गरी काम अघि बढाउन निर्देशन दिएका उनको सचिवालयले जनाएकोे छ ।
रासायनिक मलको आपूर्ति व्यवस्था चुस्तदुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना, कम्पोस्ट र अर्ग्यानिक मलको उत्पादन र प्रयोगका निम्ति राष्ट्रिय अभियान सञ्चालन तथा अनुदान नीतिको प्रस्ताव र माटोको उर्वरपना बचाउने खालको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउन उनले निर्देशन दिएका सचिवालयले जनाएको छ ।


