Banijya News

असोजबाट ‘पार्वती’को छायाङ्कन थाल्दै निता

1
1.6K Shares

फिल्म ‘पार्वती’को छायाङ्कन आगामी असोजबाट सुरु हुने भएको छ । निर्माण युनिटले फिल्मको मुख्य कलाकारमा दीपाश्री निरौलालाई फाइनल गर्दै छायाङ्कन जानकारी दिएको हो । फिल्म अभिनेत्री निता ढुङ्गानाले निर्देशन गर्दैछिन् ।

‘आजभन्दा १२ वर्षअघि अर्थात वि.स.२०७० सालमा ‘छ एकान छ’मा मैले निता लिएकी थिए’, दीपाले भनिन् ‘१२ वर्षपछि खोलो फर्कियो भने जस्तै भयो । मलाई उनले फिल्ममा अनुबन्धित गरेकी छन् ।’ दीपाले आफूलाई फिल्मको मुख्य भूमिकामा मौका दिएकोमा नितालाई धन्यवाद व्यक्त गरिन् ।

फिल्ममा निता पनि मुख्य भूमिकामा अभिनय गर्दैछिन् । फिल्मको प्रदर्शन मिति भने आगामी माघ १ भनिएको छ । फिल्ममा निता र दीपाश्री बाहेक अन्य कलाकारहरूको नाम भने निर्माण टिमले खुलाएका छैनन् ।

फिल्मको कथा निताले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवं अधिकारीले तयार पारेका हुन् । छायाङ्कन कविरलाल र शाहिद लालले गर्नेछन् । फिल्ममा सावित्रा अधिकारी, नरहरि अधिकारी र पवन ढुङ्गानाले लगानी गर्नेछन् । निताले पहिलो पटक ‘ह्रस्वदीर्घ’ फिल्ममार्फत निर्माणमा होमिएकी थिइन् ।

फिल्मको वितरण पक्षमा, उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, तथा उपत्यकाबाहिर एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन् ।

1

Scroll to Top