Banijya News

अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

1
1.1K Shares

काठमाण्डौ महानगरपालिका, वाड नं ११, बबरमहल स्थित अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अन्नपूर्ण न्यूरो हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १०–१५% छुट पाउने भएका छन । सो छुट सेवासुविधा अन्नपूर्ण न्यूरो हस्पीटल मा प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा अन्नपूर्ण न्यूरो हस्पीटलका तर्फबाट मेडिकल प्रशासक डाक्टर शरद गजूरेल र मार्केटीङ म्यानेजर पे्रम कुमार दाहाल तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटीङ म्यानेजर दिना चित्रकारले हस्ताक्षर गरेका छन ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८एक्सटेन्सन काउन्टर मार्पmत अत्याधुनिक प्रविधिसहित गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

1

Scroll to Top