Banijya News

हेटौँडा हुँदै काठमाडौं भित्रिने सबै बाटो तीन दिनका लागि बन्द

1
1.2K Shares

हेटौँडा हुँदै काठमाडौं भित्रिने सबै बाटाे तीन दिनका लागि बन्द गरिएकाे छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले असोज १८ देखि २० गतेसम्म नेपालका विभिन्न भागमा हल्कादेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले जाेखिमकाे आँकलन गर्दै यस्ताे निर्णय लिएकाे हाे।

असोज १८, १९ र २० गते तीन दिनका लागि अत्यावश्यक बाहेकका सबै सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द गरिएको मकवानपुरका जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी सूचनामा उल्लेख छ।

जिल्ला प्रशासन कार्यालयले सवारी साधन बन्दका कारण यात्रुलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै सम्भावित जोखिमलाई ध्यानमा राखी घरमै सुरक्षित बस्न आग्रह पनि गरेको छ ।

1

Scroll to Top