असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० वटा निर्णयहरू गरेको छ। उक्त बैठकले देशको कूटनीतिक, खेलकुद पूर्वाधार र प्रशासनिक क्षेत्रमा महत्वपूर्ण प्रभाव पार्ने निर्णयहरू गरेको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका विभिन्न ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको छ।
यस्तै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको छ ।
यस्ता छन् विभिन्न २० निर्णय



