Banijya News

कोरला नाकाबाट भित्रिए सवा ६ अर्ब रुपैयाँका २६ सय विद्युतीय गाडी

1
1.2K Shares

उत्तरी नाका बन्द भए पनि दशैं–तिहारको लागि गत वर्षको तुलनामा यस वर्ष विद्युतीय गाडी बढी भित्रिएका छन्। रसुवागढी र तातोपानी नाका अवरोध हुँदा पनि व्यवसायीले कोरला नाकाबाट गाडी भित्र्याएका हुन्।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ३ महिनामा २९ अर्ब ३३ करोड रुपयाँको सवारी साधन तथा तिनका पार्टस् आयात भएका छन्। गत आर्थिक वर्ष २५ अर्ब २३ करोड रुपैयाँका सवारी साधन आयात भएका थिए।

गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा एक सय ४ युनिट बढी विद्युतीय सवारी आयात भएको विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको तीन महिनामा २ हजार ६ सय २० युनिट विद्युतीय सवारी आयात गरिएको विभागले जनाएको छ । गत वर्षको सोही अवधिमा २ हजार ५ सय १६ युनिट विद्युतीय सवारी आयात गरिएको छ ।

विभागका अनुसार गत आर्थिक वर्षको तीन महिनामा ५० किलोवाटसम्मको १ अर्ब ३९ करोड १९ लाख रुपैयाँको ७ सय ७२ युनिट सवारी आयात हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २६ करोड ६७ लाख रुपैयाँको ७ सय ५१ युनिट आयात भएको छ ।

गत वर्षको तीन महिनामा सय किलोवाट क्षमतासम्मको ४ अर्ब १६ करोड ३४ लाख रुपैयाँको १ हजार ५ सय ८२ युनिट आयात हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब २ करोड १९ लाख रुपैयाँको १ हजार ५ सय ४५ युनिट आयात भएको छ ।

विभागका अनुसार गत आर्थिक वर्षको तीन महिनामा २ सय किलोवाटसम्मको ५३ करोड ३८ लाख रुपैयाँको १ सय ५९ युनिट सवारी आयात हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा ९५ करोड ७० लाख रुपैयाँको ३ सय २३ युनिट सवारी आयात भएको छ ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ३ सय किलोवाटसम्मको सवारी आयात भने घटेको छ । गत आर्थिक वर्ष १ करोड ८४ लाख ८२ हजार रुपैयाँको ३ युनिट सवारी आयात हुँदा चालु आर्थिक वर्षको तीन महिनामा ४८ लाख ४९ हजार रुपैयाँको एक युनिट आयात भएको छ ।

1

Scroll to Top