Banijya News

नेपाल बैंक– दराजबीच सम्झौता: अनलाइन खरिदमा ग्राहकलाई छुट

1
1.1K Shares

 नेपाल बैंक लिमिटेड र दराजबीच भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार नेपाल बैंकका ग्राहकले दराजमार्फत अनलाइन खरिद गर्दा विशेष छुट पाउने भएका छन्। बैंकका अनुसार उक्त योजना चैत २० देखि चैत २७ सम्म लागू हुनेछ। सम्झौतामा बैंकका तर्फबाट बजार व्यवस्थापन तथा अनुसन्धान विभाग प्रमुख निर्मल सुवेदी र दराजका तर्फबाट प्रबन्ध निर्देशक आँचल कुवरलले हस्ताक्षर गरेका छन्।

नयाँ वर्ष २०८३ लक्षित गर्दै बैंकले आफ्ना ग्राहकलाई सहुलियत दिन ई-कमर्स प्लेटफर्मसँगको सहकार्यलाई निरन्तरता दिएको जनाएको छ। यस योजनाअन्तर्गत नेपाल बैंकमा खाता भएका ग्राहकले दराजबाट सामान खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा ५ सय रुपैयाँसम्म छुट पाउनेछन्। त्यसैगरी, क्रेडिट कार्ड प्रयोग गर्दा अधिकतम १५ प्रतिशत वा ७ सय ५० रुपैयाँसम्म छुट पाइने व्यवस्था गरिएको छ।

छुट प्राप्त गर्न ग्राहकले आफ्नो कार्डमा ई–कमर्स सेवा सक्रिय गर्नुपर्नेछ। बैंकका अनुसार उक्त सेवा सक्रिय गर्न कुनै शुल्क लाग्ने छैन र ग्राहकले बैंकका शाखामार्फत यो सुविधा लिन सक्नेछन्। बैंकले आफ्ना ग्राहकलाई ई-कमर्स सेवा सक्रिय गर्न र क्रेडिट कार्डका लागि आवेदन दिन समेत आग्रह गरेको छ।

1

Scroll to Top