नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि ३२ जनाले आवेदन दिएका छन् । सूचना तथा सञ्चार मन्त्रालयले मागेको खुला प्रतिस्पर्धाका लागि सो संख्यामा आवेदन परेको मन्त्रालयले जनाएको छ ।
अध्यक्षका लागि आवेदन दिनेमा रोहित रौनियार, नगेन्द्रकुमार दास, राकेश ताम्राकार, सरोजकुमार शर्मा, प्रदीपकुमार श्रेष्ठ, सुभाष साह रहेका छन् । त्यस्तै, सुशीलप्रसाद साह, अनिलकुमार झा, नरेन्द्रमान सिंह महर्जन, अमलेन्दु नारायण सिंह, नविन जिसी, महेन्द्रप्रसाद पाण्डेय, डा. शैलेन्द्र गिरी, बुद्धिप्रसाद आचार्य, अर्जुन घिमिरे, जनार्दन भट्ट, अनन्तमान सिंह र मधुसुदन दाहालले समेत आवेदन दिएको बुझिएको छ ।
त्यस्तै, दिपकराज लुइँटेल, श्रीकृष्ण सुवेदी, सनाउल्लाह खान, डा. भोजराज घिमिरे, सुनिलकुमार मिश्र, अम्बर स्थापित, पंकजकुमार दास, कृष्णराम धुँजु, दिपकराज उप्रेती, माधव अधिकारी, नविनकुमार कर्ण, दिपेश शिवाकोटी र डा. राजिब सुब्बाले आवेदन दिएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, मन्त्रालयका अनुसार, सदस्य (कानून) पदमा चार जनाको आवेदन परेको छ । जसमा अमृत कुमार रुपाखेती, विनोद आचार्य, श्रीकृष्ण सुवेदी र असगरुल हक छन् । लेखा सदस्यमा नौ जनाको आवेदन परेको छ । बजार व्यवस्थापन सदस्यमा पाँच जना तथा प्रशासन र प्राविधिक सदस्यमा १५ जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ ।


