Banijya News

स्नो रिभर्सको आईपीओ बाँडफाँट

1
1.0K Shares

स्नो रिभर्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले गत बैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँबराबरको ७ लाख ७८ हजार १२५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार ७७ हजार ८१२ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

यसरी बाँडफाँट गर्दा बाँकी भएको ५ कित्ता, १० कित्ताभन्दा बढी शेयर खरिदका लागि आवेदन दिएका लगानीकर्ताहरुमाझ बाँडफाँट गरिएको छ। ५ जना आवेदकले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

1

Scroll to Top