Banijya News

पेट्रोलियम पदार्थको मूल्य छिट्टै घट्ने अर्थमन्त्री वाग्लेको दाबी

1
1.0K Shares

 

मध्यपूर्वको तनाव कम भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य छिट्टै घट्ने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले उपभोक्तालाई राहत मिल्ने संकेत गरेका हुन् ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि नेपालमा त्यसको प्रभाव देखिन केही समय लाग्ने अर्थमन्त्रीले प्रस्ट पारे। भारतीय आयल निगम मार्फत इन्धन प्रशोधन र आयात भई आउन समय लाग्ने (टाइम ल्याग) भएकाले तत्कालै मूल्य समायोजन हुन नसकेको उनको भनाइ छ। यद्यपि, आयात प्रक्रिया पूरा हुनासाथ केही समयभित्रै मूल्य घट्ने सुनिश्चित रहेको उनले जिकिर गरे।

आफूले जिम्मेवारी सम्हालेलगत्तै जनहितमा काम सुरु गरेको दाबी गर्दै अर्थमन्त्री वाग्लेले मध्यपूर्व द्वन्द्वका कारण बढेको महँगीको भार कम गर्न तत्कालै कदम चालेको स्मरण गराए। कार्यभार सम्हालेको दुई हप्ताभित्रै डिजेल, पेट्रोल र मट्टीतेलको आयातमा लाग्ने भन्सार महशुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको उनले जानकारी दिए।

1

Scroll to Top