Banijya News

नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोड माथिको कारोबार

1
1.0K Shares

साताको चौथोँ कारोबार दिन(बिहिबार) नेप्से परिसुचक सामान्य अंकले बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १४.१७ अंक बढेर २७२६.७२ विन्दुमा कायम भएको छ ।

नेप्सेमा वृद्धि देखिएतापनी कारोबार रकममा भने गिरावट आएको छ । । अघिल्लो कारोबार दिन अर्थात बुधबार ५ अर्ब १८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३८ स्टकको ५७ हजार ७८२ पटकको कारोबारमा ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार रुपैयाँबराबरको १ करोड ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन एभरेष्ट कलर लिमिटेडको शेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य ७३ रुपैयाँ ८० पैसा बढेर ५६६ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन स्नो रिभर्सको शेयरमूल्य साढे १३ प्रतिशतभन्दा बढी बढेको छ भने एपोलो हाइड्रोपावरको शेयरमूल्य ११ प्रतिशत बढेको छ। कारोबारमा आएको कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड ३३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनीको साढे २७ करोड रुपैयाँको शेयर किनबेच भएके छ भने रिडी पावरको करिब २५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ।

 

 

 

1

Scroll to Top