Banijya News

राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता

1
1.0K Shares

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबिच भेटवार्ता भएको छ। नियमित भेटघाटकै क्रममा भएको यस बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, संसद्का गतिविधि र समसामयिक विषयवस्तुमाथि संक्षिप्त चर्चा गरिएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।

भेटका अवसरमा सभामुख अर्यालले राष्ट्रपति पौडेललाई संसद्मा भइरहेका गतिविधिहरू, विचाराधीन विधेयकहरूको हालको अवस्था तथा सदनलाई अझ बढी प्रभावकारी रूपमा सञ्चालन गर्ने उपायहरूबारे विस्तृत जानकारी गराएका थिए।

सो अवसरमा राष्ट्रपति पौडेलले देशको संसदीय अभ्यासलाई थप बलियो र परिपक्व बनाउन तथा लोकतान्त्रिक मूल्य–मान्यताको संवर्द्धन गर्न संसदले खेल्ने भूमिका अत्यन्तै महत्त्वपूर्ण हुने कुरामा जोड दिएका छन्।

1

Scroll to Top