सानीगाड हाइड्रो लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य बढेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले २६ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९०.१६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो । विद्युत् बिक्री आम्दानी सामान्य बढेपछि वित्तीय खर्च घटेका कारण कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको हो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी ३.७० प्रतिशत बढेर १ अर्ब ११ करोड ५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल नाफा ६.२२ प्रतशित बढेको छ । कम्पनीको अन्य सञ्चालन खर्च समीक्षा अवधिमा ५.२४ प्रतशित घटेको छ भने वित्तीय खर्च २९.६२ प्रतशित घटेको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६ रुपैयाँ ६१ पैसा बढेर ९ रुपैयाँ ३३ पैसा पुगेको छ । चौथो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ८० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४९.५२ गुणा रहेको छ ।
२ अर्ब ८५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३३ करोड ६४ लाख रुपैयाँ सञ्चित छ ।


