Banijya News

गुगलद्वारा पिक्सेल ११ सिरिज सार्वजनिक

1
1.0K Shares

गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज अन्तर्गत पिक्सेल ११, पिक्सेल ११ प्रो, पिक्सेल ११ प्रो एक्सएल र पिक्सेल ११ प्रो फोल्ड गरी चार मोडल सार्वजनिक गरेको छ। यो सिरिजका सबै फोनहरूमा गुगलको नयाँ टेन्सर जी६ पसेट, आईपी६८ रेटिङ, अपग्रेड गरिएको जेमिनी एआई र ५एक्स टेलिफोटो क्यामेरा प्रयोग गरिएको छ। फ्रस्ट, हिबिस्कस पिंक, पिस्ताचियो ग्रीन र अब्सिडियन ब्ल्याक जस्ता नयाँ रङहरूमा उपलब्ध हुने यो सिरिज आगामी अगस्ट २० देखि बजारमा आउनेछ।

पिक्सेल ११ मा अघिल्लो मोडलभन्दा ४० प्रतिशतभन्दा बढी पातलो क्यामेरा बम्प र ५६ प्रतिशत बढी प्रकाश ग्रहण गर्ने ४८ मेगापिक्सेलको मुख्य क्यामेरा राखिएको छ। यसमा ३० घण्टाभन्दा बढी चल्ने ब्याट्री र २५ प्रतिशत छिटो हुने वायरलेस चार्जिङ सुविधा दिइएको छ। २५६ जीबी स्टोरेज र १२ जीबी र्यामको आधारभूत भेरियन्टमा उपलब्ध यस फोनको सुरुवाती मूल्य ८९९ अमेरिकी डलर तोकिएको छ।

प्रो मोडलहरू (पिक्सेल ११ प्रो र प्रो एक्सएल) मा जेमिनी एआई र महत्त्वपूर्ण सूचनाका लागि क्यामेरा बारमै ‘हाइलाइट’ नामक नयाँ एलईडी इन्डिकेटर राखिएको छ। ३,६०० निट्ससम्मको ब्राइटनेस, १२० एक्स प्रो जुम क्षमता भएको ४८ मेगापिक्सेल टेलिफोटो क्यामेरा र २९ प्रतिशत छिटो वायरलेस चार्जिङ यसका मुख्य विशेषता हुन्। पिक्सेल ११ प्रोको सुरुवाती मूल्य १,०९९ डलर र प्रो एक्सएलको १,२९९ डलर राखिएको छ।

फोल्डेबल मोडल पिक्सेल ११ प्रो फोल्डमा अहिलेसम्मकै पातलो बेजल, अघिल्लोभन्दा तीन गुणा बढी टिकाउ बडी र ३,६०० निट्स ब्राइटनेस दिने भित्री डिस्प्ले रहेको छ। २४ घण्टाको ब्याट्री ब्याकअप, ३०एक्स जुम र आईपी६८ वाटर तथा डस्ट रेजिस्टेन्स रहेको यो फोन ओलिभ र ब्ल्याक रङमा उपलब्ध हुनेछ। २५६ जीबी स्टोरेज र १६ जीबी र्याम रहेको यस फोल्डेबल फोनको सुरुवाती मूल्य १,८९९ अमेरिकी डलर तोकिएको छ।

1

Scroll to Top