गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्र नुवाकोटमा एउटै घरमा २४ जनाको शव भेटिएको छ । विदुर नगरपालिका–१० स्थित एउटा घरबाट २४ जनाको शव उत्खनन गरिएको नुवाकोटका एसपी विपिन रेग्मीले बताए ।
बेत्रावतीमा रहेका व्यक्तिको घरबाट ती शव निकालिएको हो । सुरक्षाकर्मीले खोज्दै जाँदा त्यहाँ महिलाको १३ शव, पुरुषको ११ र एक बच्चाको शव भेटिएको हो ।
शवको पहिचान खुल्न सकेको छैन । एसपी रेग्मीका अनुसार पोस्टमार्टमका लागि शवहरू काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

