Banijya News

टनेल चुहावटका कारण अपर माई जलविद्युत् आयोजना बन्द, मर्मतपछि सुचारु गरिने

1
1.0K Shares

अत्यधिक वर्षाका कारण पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित ९.९८ मेगावाट क्षमताको अपर माई जलविद्युत् आयोजनाको उत्पादन पूर्ण रूपमा रोकिएको छ। वर्षाका कारण आयोजनाको टनेल आउटलेट क्षेत्रमा रहेका एक्सपान्सन जोइन्टबाट ठूलो मात्रामा पानी चुहावट भएपछि विद्युत् गृह बन्द गर्नुपरेको जानकारी कम्पनीले दिएको छ।

चुहावट भएको एक्सपान्सन जोइन्ट मर्मतका लागि टनेलभित्रको पानी पूर्ण रूपमा खाली गर्नुपर्ने बाध्यता रहेको छ। सोही प्रक्रिया अघि बढाउनका लागि कम्पनीले गत भदौ २१ गते साँझ ६ः१० बजेदेखि लागू हुने गरी आयोजनाबाट हुने विद्युत् उत्पादन औपचारिक रूपमा बन्द गरेको हो।

भौतिक क्षति र पानी चुहावटको समस्यालाई समाधान गर्न कम्पनीले मर्मत तथा सम्भारको कामलाई तीव्र गतिमा अघि बढाउने जनाएको छ। एक्सपान्सन जोइन्टको आवश्यक मर्मतकार्य सकिनेबित्तिकै आयोजनाबाट पुनः नियमित विद्युत् उत्पादन सञ्चालनमा ल्याइने पञ्चकन्या माई हाइड्रोपावरले प्रतिबद्धता जनाएको छ।

1

Scroll to Top