Banijya News

सीजी ब्रुअरीले बजारमा ल्यायो ‘ठमेल’ प्रिमियम बियर: ड्राइ हपिङ प्रविधिबाट निर्मित

1
1.0K Shares

नेपालको प्रतिष्ठित व्यावसायिक घराना चौधरी ग्रुपअन्तर्गतको सीजी ब्रुअरीले नेपाली पेय पदार्थको बजारलाई थप प्रतिस्पर्धी र स्वादिलो बनाउने उद्देश्यका साथ नयाँ प्रिमियम बियर ‘ठमेल’ सार्वजनिक गरेको छ। काठमाडौँको प्रसिद्ध पर्यटकीय तथा मनोरञ्जनात्मक केन्द्र ठमेलको नाम र त्यहाँको जीवन्त वातावरणबाट प्रभावित भएर यो नयाँ उत्पादन बजारमा ल्याइएको हो। युवा वर्ग र पर्यटकीय शैलीलाई लक्षित गर्दै ल्याइएको यस बियरले काठमाडौँको प्रसिद्ध ुनाइट लाइफु र यहाँको छुट्टै ऊर्जालाई प्रतिनिधित्व गर्ने कम्पनीले दाबी गरेको छ।

यस बियरको मुख्य विशेषता यसलाई तयार पार्न प्रयोग गरिएको आधुनिक ‘ड्राइ हपिङ’ प्रविधि हो। पेय पदार्थ निर्माणको फर्मेन्टेसन प्रक्रिया पूरा भइसकेपछि थप हप्स ९ज्यउक० मिसाएर तयार गरिने यस विधिले बियरमा प्राकृतिक रूपमा मखमली फ्लोरल तथा ताजा सिट्रसको मनमोहक सुगन्ध प्रदान गर्छ। यस्तै प्रविधिका कारण यसमा परम्परागत बियरको जस्तो कडा तीतोपन कम हुन्छ भने पिउँदा निकै क्रिस्पी र सफा स्वाद हुन्छ। यस लागर बियरले नयाँ र फरक स्वादका सौखिन उपभोक्ताहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

बजार उपलब्धता र मूल्यको कुरा गर्दा, यो बियर हाल ६५० मिलिलिटर र ३३० मिलिलिटर गरी दुई फरक साइजका बोतलहरूमा उपलब्ध गराइएको छ। कम्पनीले ६५० मिलिलिटरको ठूलो बोतलको मूल्य रु. ४५० र ३३० मिलिलिटरको सानो बोतलको मूल्य रु. २३० निर्धारण गरेको छ। सुरुवातमा काठमाडौँ उपत्यकासहित पोखरा, बुटवल, भैरहवा र धरानका निश्चित तथा छानिएका आउटलेटहरूबाट यसको बिक्री-वितरण सुरु गरिएको छ भने आगामी दिनहरूमा देशभरका अन्य शहरहरूमा पनि बजार विस्तार गर्ने योजना बनाइएको छ।

सीजी ब्रुअरी नेपालको पेय पदार्थ उद्योगमा एक अग्रणी र स्थापित नाम हो, जसले लामो समयदेखि गुणस्तरीय बियर तथा अन्य पेय पदार्थहरू उत्पादन गर्दै आएको छ। सिजी ग्रुपअन्तर्गत रहेको यस ब्रुअरीले नेपाली बजारमा ुनेपाल आइसु जस्ता लोकप्रिय र सर्वप्रिय बियर ब्रान्डहरू निर्माण गरेर आफूलाई स्थापित गरिसकेको छ। आधुनिक प्रविधि, उच्च गुणस्तरका कच्चा पदार्थ र नेपाली उपभोक्ताको रुचिलाई ध्यानमा राखेर उत्पादन गर्दै आएको यस कम्पनीले ुठमेलु बियरमार्फत प्रिमियम बियरको सेग्मेन्टमा आफ्नो पकड अझ बलियो बनाउने लक्ष्य राखेको छ।

1

Scroll to Top