नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ प्रालिले नेपालीहरूको महान् चाड बडादशैँ, तिहार तथा छठ पर्वको सुखद अवसरमा विशेष चाडपर्व अफर सार्वजनिक गरेको छ। ‘फेस्टिभ अफर होण्डाको सफर’ नाम दिइएको यस आकर्षक योजना अन्तर्गत ग्राहकहरूले नयाँ होण्डा कारको खरिदमा भारी नगद छुटका साथै अनेकौँ थप सुविधाहरू प्राप्त गर्न सक्नेछन्। ुड्राइभ अ ब्राइटर टुमारोु भन्ने नाराका साथ ल्याइएको यो योजना इन्द्रजात्राको दिनदेखि छठ पूजासम्म देशभरका सबै होण्डा शोरुमहरूमा लागू हुनेछ।
यस अफरको मुख्य आकर्षण भनेकै आकर्षक नगद छुट र निःशुल्क सेवाहरू हुन्। यो योजना अन्तर्गत नयाँ कार खरिद गर्ने ग्राहकहरूले रु. १० लाखसम्मको भारी नगद छुट प्राप्त गर्न सक्नेछन्। यसका साथै, नयाँ गाडी खरिद गर्दा ग्राहकहरूले १ आर्थिक वर्षको सडक कर र १ वर्षको पूर्ण बीमा सुविधा निःशुल्क पाउनेछन्। खरिदपछिको सेवालाई ध्यानमा राख्दै कम्पनीले ५ वर्षसम्म निःशुल्क सर्भिसिङ र १ वर्षका लागि निःशुल्क सडक सहायता सेवा पनि उपलब्ध गराउनेछ।
पुरानो गाडी साटेर नयाँ मोडल खरिद गर्न चाहने ग्राहकहरूका लागि पनि स्याकार ट्रेडिङले उत्कृष्ट व्यवस्था गरेको छ। कम्पनीले तुरुन्तै गाडी मूल्याङ्कन गरी ‘अन-द-स्पट’ एक्सचेन्ज सुविधाका साथै आकर्षक एक्सचेन्ज बोनस प्रदान गर्नेछ। यसका अलावा, गाडी खरिदलाई थप सहज र सुलभ बनाउन स्याकार हायर पर्चेज तथा एनआईसी एसिया बैंकसँगको सहकार्यमा निकै कम ब्याजदरमा सहज किस्ताबन्दी तथा फाइनान्सिङको व्यवस्था मिलाइएको छ। यो योजना होण्डाका चर्चित मोडलहरू सिआर-भी, एलिभेट, सिटी र सिटी ई-एचइभीमा उपलब्ध हुनेछ।
यो चाडपर्व अफरले दशैँ, तिहार र छठको अवसरमा नयाँ कार खरिद गर्ने सोचमा रहेका ग्राहकहरूका लागि ठूलो राहत र उत्कृष्ट अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। पर्वको खुसीयालीमा नयाँ गाडीका साथ पारिवारिक यात्रा गर्न चाहनेहरूका लागि यो योजना निकै किफायती र भरपर्दो साबित हुनेछ। अफर सम्बन्धी थप विस्तृत जानकारी, नियम तथा सर्तहरूका बारेमा बुझ्नका लागि ग्राहकहरूले आफ्नो नजिकैको आधिकारिक होण्डा कार शोरुममा सीधा सम्पर्क गर्न सक्नेछन्।
स्याकार ट्रेडिङ प्रालि नेपालको प्रतिष्ठित व्यावसायिक घराना ‘ज्योति ग्रुप’ अन्तर्गतको एक प्रमुख कम्पनी हो, जसले लामो समयदेखि नेपालमा होण्डाका दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनहरूको आधिकारिक बिक्री-वितरण गर्दै आएको छ। गुणस्तरीय उत्पादन, उत्कृष्ट बिक्रीपछिको सेवा, र ग्राहक सन्तुष्टिलाई मुख्य प्राथमिकता दिँदै आएको स्याकारले नेपाली अटोमोबाइल बजारमा आफ्नो छुट्टै विश्वास र बलियो पहिचान बनाउन सफल भएको छ।

