Banijya News

नक्कली सर्टिफिकेट पेस गर्ने सात जना चिकित्सक पक्राउ

1
1.0K Shares

बंगलादेशबाट चिकित्साशास्त्रमा एमबीबीएस गरेका ७ जना चिकित्सकलाई नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोगमा पक्राउ गरी कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।
बंगलादेश अध्ययन गर्न जानुअघि उनीहरुले एसएलसीको मार्कसिटमा नम्बर थप गर्नुका साथै जन्ममिति परिवर्तन गरेर अध्ययनका लागि बंगलादेश गएका थिए । अध्ययनपश्चात् नेपाल आई विभिन्न अस्पतालमा काम गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरी कारबाही अगाडि बढाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक सहकुल थापाले जानकारी दिनुभयो ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एमबीबीएस अध्ययनका लागि शैक्षिक प्रमाणपत्र किर्ते गर्ने गिरोह सक्रिय भएको पत्ता लगाएपछि उनीहरुलाई पक्राउ गरेको थियो । संगठित गिरोहले शैक्षिक प्रमाणपत्र किर्ते गरेको भन्ने सुराकीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । बंगलादेश अध्ययन गरेर नेपाल फर्किएका उनीहरुले नेपाल मेडिकल काउन्सिलबाट अनुमति लिएका थिए ।

पक्राउ परेका मोहमद सिद्धिकी विराटनरमा रहेको न्युरो अस्पतालमा कार्यरत रहेका थिए । त्यसै गरी, जनकपुर चिल्ड्रेन अस्पताल धनुषामा कार्यरत सुभाषप्रसाद साह, दीर्घायु गुरु अस्पताल चावहिलमा कार्यरत मोहम्मद साहिद राजा, रुकुम पश्चिमको चौरझारी मिसन अस्पतालमा कार्यरत दीपेन्द्र गौतम, विराटनगरका अखिलेशकुमार देव, मध्यपुर ठिमी बस्ने पल्लवी सिंह र ललितपुरको सानेपा बस्ने फराज हुसेन खाँ रहेका छन् । उनीहरुलाई एसएलसीको प्रमाणपत्र किर्ते गरेको अभियोगमा कारबाही अगाडि बढाउनका लागि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान भइरहेको पनि ब्युरोले जनाएको छ ।

1

Scroll to Top