२६ माघ, २०७६, काठमाण्डौ ।
पशुपतिनाथ मन्दिरमा १ सय ४१ किलो सुनको भव्य जलहरी बनाइने भएको छ । यसअघि यो जलहरी चाँदीको थियो । हाल सञ्चालनमा रहेको चाँदीको जलहरी जिणर््ा भएर काम नलाग्ने भएपछी अब नयाँ बन्ने जलहरी सुनको बनाउन लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
जलहरी निर्माणका लागि भक्तजन र दातालाई सार्वजनिक सूचनामार्फत आह्वान गर्न लागीएको कोषले बताएको छ । दाताले आफ्mुले दान गर्न लागेको एक तोला सुन बराबरको रकम वा सोभन्दा कम रकम सोही दिन चलेको सुनको मूल्यांकन दररेट अनुसार कोषले तोकेको बैंकमा जम्मा गर्न सक्नेछन्। कोषले यसका लागि नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल एसबीआई बैंकमा खाताको व्यवस्था गर्दैछ।


