Banijya News

पशुपतिमा सजाइएको फूल मान्छेले चोरेर लगे

1
1.1K Shares

शनिबार धुमधामसँग मनाइएको शिवरात्री पर्वका क्रममा भगवान महादेवको आरधनााक लागि पशुपतिनाथ परिसरलाई सजाएर झकिझकाऊ बनाइएको थियो।  लाखौं रुपैयाँ खर्चिएर किनिएका रंगीचंगी फूलबाट पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर र त्यस वरपरका स्थान आकर्षक तरिकाले सजाएको थियो । पशुपति क्षेत्र विकास कोषले विद्युतीय बत्ती र फूलको समिश्रण गरेर भगवान महादेवको तीर्थस्थललाई मनमोहक बनाएको थियो। 

भक्तजन प्रवेशन गर्ने पुशपतिनाथ परिसरको मूलगेटको क्षेत्रलाई विभिन्न थरीका रंगीचंगी फूलले सजाएर आकर्षक बनाइयो। भक्तजनहरुलाई मोहित बनाउन गरिएको उक्त सजावट अहिले बिरुप बनेको छ। धर्म कमाउन भन्दै पशुपतिनाथ दर्शनमा पुगेका भक्तजनले नै लुछेर सिद्याए। अन्तका भन्दा छुच्चा र छुल्याहा मानिने बाँदरलाईसमेत पशुपति पुगेका मान्छेले पछि पारे।  विकास कोषले सजाएका फूलका माला र थुँगा हेर्दा हेर्दै मान्छेले लुछ्दै घरतिर लिएर हिँडे। सरकारलाई गाली गरेर नथाक्ने नेपालीहरुले आफ्नो ‘वास्तविक चरित्र’ त्यहाँ देखाएका छन्। अधिकारका लागि राज्यसँग जस्तोसुकै संघर्षका लागि पछि नपर्ने नेपालीको खास व्यहोरा पशुपतिमा सजाइएको फूल लुछ्दा छ्याङ्गै भएको छ।

1

Scroll to Top