२३ मंसिर, २०७६, काठमाण्डौ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले बक्सिङमा दोस्रो स्वर्ण पदक जितेको छ ।
नेपालका भुपेन्द्र थापाले भारतीय खेलाडी मनिष कौशिकलाई पराजित गर्दै स्वर्ण दिलाएका हुन् ।
यो सँगै १३ औं सागमा नेपालले जितेको स्वर्ण पदकको संख्या ४७ पुगेको छ ।


