Banijya News

स्मार्ट टेलिकम घोटाला : दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

1
1.0K Shares

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् । स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापनमा ढिलाइ गरेर राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्‍याएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वअध्यक्ष भण्डारीलाई ललितपुरको धापाखेलबाट नियन्त्रणमा लिएको हो । सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार भण्डारीमाथि स्मार्ट टेलिकम घोटाला प्रकरणमा विस्तृत अनुसन्धान सुरु गरिएको छ । निवर्तमान सञ्चारमन्त्री रेखा शर्माको सचिवालयमा विज्ञका रूपमा कार्यरत रहँदै भण्डारी प्राधिकरणको अध्यक्ष नियुक्त भएका थिए ।

टेरामक्स प्रकरणमा अख्तियार दूरपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाललाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायरगरेसँगै पदमुक्त भएपछि सरकारले भण्डारीलाई नियुक्त गरेको थियो ।

त्यसो त, बालेन्द्र शाह नेतृत्वको सरकारले वैशाख तेस्रो सातादेखि राजनीतिक नियुक्ति लिएका सबैलाई पदमुक्त गरेको थियो । सोही पदमुक्तिमा भण्डारीसमेत परेका थिए ।

1

Scroll to Top