दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १ गतेदेखि हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले बिहीबार एक विज्ञप्ति जारी गर्दै दोस्रो संस्करणको एनपीएल मंसिर १ गतेदेखि २७ गतेसम्म आयोजना गरिने जानकारी दिएका हुन्।
क्यानका अनुसार दोस्रो संस्करणको एनपीएल पनि काठमाडौंको त्रिवि क्रिकेट मैदानमा आयोजना हुने भएको छ। पहिलो संस्करणको एनपीएल २०८१ मंसिर १५ देखि पौष ६० गतेसम्म आयोजना भएको थियो।


