चालु आर्थिक वर्षको पहिलो १० महिना (साउन–वैशाख) सम्म निर्जीवन बीमा कम्पनीहरूले ३५ अर्ब नौ करोड ८० लाख ९५ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार देशभर सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीले २३ लाख ५८ हजार पाँच सय ११ वटा बीमालेख जारी गरी उक्त बीमा शुल्क संकलन गरेका हुन्।
वैशाख मसान्तसम्म नेपाल इन्स्योरेन्स कम्पनीले एक लाख ६१ हजार पाँच सय १८ वटा बीमालेख जारी गरी एक अर्ब ६८ करोड ८८ लाख ४८ हजार दुई सय रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले ३६ हजार सात सय ९४ बीमालेखबाट दुई अर्ब २५ करोड ६८ लाख २५ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले एक लाख ५३ हजार नौ सय ५२ बीमालेखमार्फत एक अर्ब १६ करोड ३७ लाख ११ हजार रुपैयाँ संकलन गरेको छ।
नेसनल इन्स्योरेन्स कम्पनीले २४ हजार तीन सय २७ बीमालेखमार्फत ९२ करोड ९९ लाख ९४ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। नेको इन्स्योरेन्स कम्पनीले दुई लाख ४२ हजार चार सय ६३ बीमालेखबाट दुई अर्ब ७० करोड २३ लाख ६१ हजार रुपैयाँ उठाएको छ। प्रभु इन्स्योरेन्सले एक लाख तीन हजार सात सय ३३ बीमालेखबाट एक अर्ब ४३ करोड ४५ लाख १८ हजार रुपैयाँ आर्जन गरेको छ।
शिखर इन्स्योरेन्सले दुई लाख ४९ हजार छ सय ६५ बीमालेखमार्फत चार अर्ब ६८ करोड १८ लाख ३९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। एनएलजी इन्स्योरेन्स कम्पनीले एक लाख ६२ हजार दुई सय ९५ बीमालेखबाट दुई अर्ब ४२ करोड ४३ लाख ३२ हजार रुपैयाँ उठाएको छ। हिमालयन एभरेस्ट इन्स्योरेन्सले दुई लाख २८ हजार आठ सय ८३ बीमालेखमार्फत तीन अर्ब आठ करोड १८ लाख ६१ हजार रुपैयाँ संकलन गरेको छ।
सानिमा जीआईसी इन्स्योरेन्सले एक लाख ११ हजार सात सय ७८ बीमालेखमार्फत दुई अर्ब नौ करोड ६३ लाख ४८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दुई लाख ५१ हजार छ सय ४९ बीमालेखबाट तीन अर्ब ४७ करोड ९८ लाख ७४ हजार रुपैयाँ संकलन गरेको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले दुई लाख ३३ हजार तीन सय ८५ बीमालेखमार्फत चार अर्ब चार करोड १५ लाख ६८ हजार रुपैयाँ आर्जन गरेको छ।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले एक लाख ८५ हजार तीन सय ८१ बीमालेखमार्फत तीन अर्ब दुई करोड ३७ लाख ८२ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले दुई लाख १२ हजार छ सय ८७ बीमालेखमार्फत दुई अर्ब नौ करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ।


