Banijya News

चैत मसान्तसम्म थपिए ५.७३ लाख नयाँ करदाता

1
1.2K Shares

चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म नेपालमा पाँच लाख ७३ हजार ६८२ नयाँ करदाता थपिएका छन्। यससँगै मुलुकभर स्थायी लेखा नम्बर (प्यान) लिने कुल करदाताको संख्या ६७ लाख ९९ हजार ८१५ पुगेको छ।

अर्थ मन्त्रालयद्वारा सार्वजनिक विवरणअनुसार व्यक्तिगत प्यान लिनेको संख्या ४७ लाख २८ हजार ७४४ पुगेको छ भने व्यावसायिक प्यान लिनेको संख्या २० लाख ३५ हजार ८७४ र अग्रिम कर कट्टी (डब्लु–प्यान) लिनेको संख्या ३५ हजार १३७ रहेको छ।

गत आर्थिक वर्षको तुलनामा सबैभन्दा धेरै वृद्धिदर व्यक्तिगत करदातातर्फ देखिएको छ, जसमा चार लाख ८० हजार ७० जना थपिएका छन्। त्यसैगरी, व्यावसायिक प्यान लिनेमा ९१ हजार ७३३ जना वृद्धि भएको छ। डब्लु–प्यान लिने करदाता भने एक हजार ८३९ मात्रै थपिएका छन्।

मूल्य अभिवृद्धि कर (भीएटी) दर्ता गर्ने करदाता तीन लाख ४५ हजार ९७८ पुगेका छन् भने एक्साइज करदाताको संख्या एक लाख २४ हजार २६४ मा पुगेको मन्त्रालयले जनाएको छ।

 

1

Scroll to Top