जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको १० महिना (साउन–वैशाख)मा एक खर्ब ३९ अर्ब ३६ करोड ७६ लाख ५३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सो अवधिसम्म जीवन बीमा कम्पनीहरूले जारी गरेको सक्रिय जीवन बीमालेखको संख्या एक करोड ३७ लाख २८ हजार तीन सय ४२ पुगेको छ ।
प्राधिकरणका अनुसार यस आर्थिक वर्ष (आव)को १० महिनामा राष्ट्रिय जीवन बीमा कम्पनीमा सक्रिय जीवन बीमालेखको संख्या पाँच लाख ६५ हजार आठ सय ५१ छ । जसबाट कम्पनीले आठ अर्ब ६७ करोड १५ लाख ८५ हजार रुपैयाँ संकलन गरेको छ । यस्तै, नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले जारी गरेको सक्रिय जीवन बीमालेख संख्या १५ लाख २५ हजार आठ सय ६१ छ । जसबाट कम्पनीले १७ अर्ब २० करोड १४ लाख सात हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा पनि चालु आवको पछिल्लो १० महिनामा सक्रिय जीवन बीमालेखको संख्या २० लाख ३५ हजार तीन रहेकोमा कुल बीमा शुल्क आर्जन रकम ३६ अर्ब ५९ करोड दुई लाख ७१ हजार रुपैयाँ छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडमा सक्रिय जीवन बीमालेखको संख्या छ लाख ८२ हजार १५ छ । जसबाट कम्पनीले १५ अर्ब ५७ करोड ४७ लाख २० हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
मेट लाइफ इन्स्योरेन्स कम्पनी सक्रिय जीवन बीमालेखको संख्या सात लाख ५३ हजार दुई सय ८२ रहेकोमा कुल बीमाशुल्क आर्जन रकम चार अर्ब ९८ करोड ७० लाख ७९ हजार रुपैयाँ छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीमा भने पछिल्लो अवधिमा आठ लाख ३८ हजार तीन सय ५९ वटा सक्रिय जीवन बीमालेख रहेकोमा कुल बीमाशुल्क आर्जन रकम सात अर्ब १४ करोड छ लाख ६२ हजार रुपैयाँ छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा पनि छ लाख ७९ हजार सात सय २५ वटा सक्रिय जीवन बीमालेख रहेको छ । जसबाट आइएमई लाइफले चार अर्ब १९ करोड नौ लाख ९२ हजार रुपैयाँ संकलन गरेको छ ।
सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा भने चालु आवको वैशाख मसान्तसम्म १० लाख २७ हजार चार सय ९९ वटा सक्रिय जीवन बीमालेख रहेकोमा कुल बीमाशुल्क आर्जन रकम तीन अर्ब ४१ करोड ८० लाख ९२ हजार रुपैयाँ छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा पछिल्लो अवधिमा २५ लाख एक हजार सात सय ७१ वटा जीवन बीमालेख सक्रिय रहेकोमा कुल बीमा शुल्क आर्जन रकम चार अर्ब १४ करोड ७९ लाख ८४ हजार रुपैयाँ छ ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा भने पछिल्लो अवधिमा १० लाख आठ हजार तीन सय ९१ वटा बीमालेख सक्रिय रहेकोमा कुल बीमा शुल्क आर्जन रकम पाँच अर्ब ६८ करोड पाँच लाख १६ हजार रुपैयाँ पुगेको छ । यसैगरी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा पनि पछिल्लो १० महिनाको अवधिसम्ममा सात लाख ७० हजार नौ सय पाँच वटा बीमालेख सक्रिय रहेकोमा कुल बीमाशुल्क आर्जन रकम आठ अर्ब ५३ करोड तीन लाख ५९ हजार रुपैयाँ पुगेको छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा पनि चालु आवको वैशाख मसान्तसम्ममा छ लाख ७९ हजार सात सय १५ वटा बीमालेख सक्रिय रहेकोमा कुल बीमाशुल्क आर्जन रकम पाँच अर्ब ३३ करोड ७८ लाख ७८ हजार रुपैयाँ पुगेको छ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा भने चालु आवको पछिल्लो १० महिनाको अवधिसम्ममा चार लाख सात हजार १५ वटा बीमालेख सक्रिय रहेकोमा कुल बीमा शुल्क आर्जन रकम १३ अर्ब ७९ करोड ३९ लाख ४४ हजार रुपैयाँ छ ।
प्रभु महालक्षी लाइफ इन्स्योरेन्स कम्पनीमा पछिल्लो अवधिमा दुई लाख ५२ हजार नौ सय ५० वटा बीमालेख सक्रिय रहेकोमा कुल बीमा शुल्क आर्जन रकम चार अर्ब १० करोड २१ लाख ६४ हजार रुपैयाँ पुगेको छ ।


