फागुन २५ काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्सले बजारमा सर्जिकल माक्सको अभाव हुन नदिन भन्दै दैनिक २० हजार यस्ता सामग्रीहरु उत्पादन गरी बजारमा पठाउने भएको छ ।
विश्वभर कोरोना भाइरस (कोभिड १९)का भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि यसको त्रास बढेपछि मास्कलगायतका स्वास्थ्य सामग्री र अरु अत्यावश्यक वस्तुको कृतिम अभाव सिर्जना गर्ने काम भइरहेको छ ।
बजारमा माक्सको अभाव भएकाले आफूहरुले मास्क उत्पादन गरी बिक्री सुरु गरेको चेम्बरले जनाएको छ । यस्ता मास्क दैनिक २० हजार बजारमा ल्याउने उसले जनाएको छ ।
उपभोक्ताले जम्मा सात रुपियाँमा प्राप्त गर्न सक्नेछन् । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बजारमा मास्कको अभाव देखिएकोले सामाजिक उत्तरदायित्व निर्वाह गर्न चेम्बरले मास्क उत्पादन गरी सुलभ मूल्यमा बिक्री सुरु गर्ने निर्णय गरिएको बताए ।
चेम्बरले आइतबार एक कार्यक्रमको आयोजना गरी सरकारलाई समेत यस्ता सामग्रीहरु हस्तान्तरण गरेको छ ।


