Banijya News

काठमाण्डौसहित आज देशभर ग्यास वितरण हुँदै, (सूची र सम्पर्क नम्बरसहित)

1
1.1K Shares

२१ चैत्र, काठमाडौं ।

लकडाउनका कारण समस्या झेलिरहेका उपभोक्तालाई मध्यनजर गर्दै विभिन्न ग्यास कम्पनीहरुले आज शुक्रबार  देशैभर ग्याँस वितरण गर्दैछन् ।

नेपाल आयल निगमकाअनुसार काठमाडौं उपत्यकासहित सबै जिल्लाहरुमा वितरण गरिने ग्याँसको विवरण सबै उद्योगले निगममा पठाएका छन् । 

नेपाल आयल निगमकाअनुसार काठमाडौं उपत्यकासहित सबै जिल्लाहरुमा वितरण गरिने ग्याँसमा ओम ग्यास, नारायणी ग्यास, नेपाल ग्यास, एचपी ग्यास, गौरी शंकर ग्यास, कन्काई ग्यास, साइबाबा ग्यास, श्रीराम ग्यास, लुम्बिनी ग्यास, त्रिशूल ग्यास, मनोज ग्यास, भानु ग्यास, सूर्य ग्यास, आरती ग्यास, श्रीमाया ग्यास, मारुती ग्यासलगायत रहेका छन् ।

तीमध्ये काठमाण्डौ उपत्यकामा मात्रै ओम ग्यासले २२ वटा डिपोमार्फत २ हजार ४० सिलिन्डर ग्यास वितरण गर्दैछ।  त्यस्तै नेपाल ग्यास उपत्यकाका ६३ डिपोमार्फत ६ हजार ४८० सिलिन्डर वितरण हुनेछ।

निगमले ग्यास नपाए हटलाइन ११४६ वा टोलफ्री नं. १६६००११००२८ सम्पर्क गरी वा ९८५१२७३४७९ तथा ९८५१२७३४३१ मा सम्पर्क गरी गुनासो राख्न आग्रह गरेको छ ।

ग्यास वितरण हुने देशभरका डिपो तथा तिनका सम्पर्क नम्बरहरु –

1

Scroll to Top