Banijya News

नेपाल अझै उच्च जोखिममा धैर्य गर्न अनुरोधप्रधानमन्त्रीको सम्बोधनः

1
1.1K Shares

‘समुदायस्तरमा महामारी फैलिन नदिन सारा कदम चालिनेछ,’ उनले भने।

समुदायस्तरको परीक्षणका लागि उच्चस्तरीय समितिले सम्भावित जिल्ला क्षेत्रको पहिचान गरेर अघि बढ्ने उनको भनाई छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको बताएका छन्। प्रधानमन्त्री ओलीले भने, ‘९ जनामा संक्रमित देखिए पनि हामी उच्च जोखिममा छौं। सावधानी अपनाएनौं भने भयावह स्थिति हुनसक्छ।’ ‘जेलमा बसेको एकान्तवास बिताएको मैले सहजै लकडाउनबाट सिर्जित समस्या अनुभूति गर्छु,’ उनले भने। लकडाउनमा साथ दिएकोमा उनले जनतालाई धन्यवाद दिए ।

मित्रराष्ट्रको सद्भाव र अनुसन्धानमुलक संस्थाले हामीले चालेका कदम प्रभावकारी भन्दा कोरोनाको संक्रमणविरुद्धको लडाईमा बल मिलेको ओलीको भनाई छ। नेपाल महामारीको दोस्रो चरणमा प्रवेश गरेको बताउँदै ओलीले यस बेला स्थानीय तहका जनप्रतिनिधिको भूमिका पनि महत्वपूर्ण रहेको उल्लेख गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट फर्किएकालाई सम्पर्कमा आउनसमेत अनुरोध गरे। कोरोना भाइरसको संक्रमण बढ्ने देखिएपछि सरकारले चैत १ गतेबाट विदेशबाट आएकालाई सम्पर्कमा आउन अनुरोध गरेको थियो । तर, संक्रमित बिरामी विमानमा सँगै आएका पनि सम्पर्कमा आएका छैनन्। प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्दै सम्पर्कमा नआएकाले आफू चिन्तित भएको बताएका हुन्।

1

Scroll to Top