कोरोना संक्रमणका कारण विभिन्न मुलुकमा अलपत्र परेको नेपालीहरु आज ११ उडान मार्फन नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज ११ अन्तर्राष्ट्रिय उडान नेपाल आएका हुन् । ति उडानमार्फत १ हजार १७७ नेपाली स्वदेश फर्किएका छन् ।
आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मलेसियाको क्वालालम्पुरबाट १४८, साउदी अरेबियाको रियादबाट २५२ र कुवेतबाट १४९ यात्रु काठमाडौं ल्याएको छ । त्यस्तै, हिमालय एयरलाइन्सले दमामबाट १५४ र अबुधाबीबाट १५५ नेपालीको उद्धार उडान गरी स्वदेश फर्काएको छ । आजै जजिरा एयरलाइन्सले कुवेतबाट १६० यात्रु काठमाडौं ल्याएको छ ।


