Banijya News

कर्णाली प्रदेशका सांसदलाई कोरोना संक्रमण पुष्टि

1
1.1K Shares

असार ३०, काठमाडौ
कर्णाली प्रदेशसभाका विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सोमबार गरिएको पीसीआर परीक्षणमा शाहीलाई संक्रमण देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जनाएका छन् ।
दुइ दिनअघि स्वाब संकलन गरिएको थियो। हिजो साँझ परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनको सम्पर्कका आएका सांसद, पत्रकार र परिवारका सदस्यको परीक्षणका लागि स्वाब संकलन भइरहेको छ । कोरोना पुष्टि भएपछि उनी स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा सेल्फ आइसोलेसनमा राखिएको छ ।

1

Scroll to Top