Banijya News

ट्विटरमा अहिलेसम्मकै ठूलो हमला ः ओबामा, बिल गेट्सलगायत ठूला व्यक्तिको ट्विटर ह्याक

1
1.1K Shares

१ साउन, काठमाडौं । 

ओबामा, बिल गेट्सलगायत ठूला कम्पनीको ट्विटर ह्याक भएको छ। यो ह्याक बिटक्वाइन कारोबार गर्नेहरुले गरेको खुलेको छ ।

यसरी ट्विटर ह्याक हुनेहरुमा पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग लगायत व्यक्तिका ट्वीटर खाता ह्याक भएका हुन् ।

उनिहरुका खातामा झुटा ट्वीटहरू राख्दै मानिसहरूलाई एक हजार डलरको क्रिप्टोकरेन्सी चन्दास्वरूप पठाउन भनिएको थियो। ट्विटरले यो ट्विट तत्कालै हटाएको छ । 

ट्विटरमा अहिलेसम्मकै ठूलो हमला ठानिएको यस घटनाबारे थप अनुसन्धान भइरहेको ट्विटरले जनाएको छ ।

1

Scroll to Top