Banijya News

काठमाण्डौ उपत्यकामा पसल र व्यापार खोल्न पाईने, गाडीमा जोरबिजोर प्रणाली भने हट्ने

1
1.1K Shares

असोज १, काठमाडौं ।
काठमाण्डौ उपत्यकामा आज देखि सबै पसल र व्यापार खोल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सूचना जारी गर्दै यसअघि लगाइएको पसल खोल्ने समय र बार दुवै प्रावधान हटाएको हो ।

तर उपत्यकामा सार्वजनिक तथा निजी गाडीमा जोरबिजोर प्रणाली भने हट्ेको छैन् । उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयहरुको बैठकले अनिश्चितकालसम्मका लागि यातायातमा जोरबिजोर प्रणाली कायम गर्ने निर्णय गरेका थिए । सोही अनुसार अर्को व्यवस्था नभएसम्मका लागि यो नियम भने कायमै गरिएको छ ।

अत्यावश्यक सेवाका सवारी साधनमा भने यो व्यवस्था लागु गरिएको छैन । भिडभाड हुने बाहेक अन्य व्यवसाय सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय भएको प्रशासनले जनाएको छ । प्रशासनको आदेश अनुसार उपत्यकामा अनिश्चितकालसम्मको लागि सभा, समारोह, भोजभतेर, पार्टी लगायत कार्यक्रम आयोजना गर्न, मठमन्दिर लगायत धार्मिक क्षेत्र खुला गर्न, शिक्षण संस्था सञ्चालन गर्न र भीडभाड हुने मनोरञ्जनका क्रियाकलाप सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ । यस्तै सैलुन तथा ब्युटी पार्लर, सिनेमा हल र जिम, पब र स्पा पनि खोल्न पाइने छैन ।

1

Scroll to Top