Banijya News

नेप्से ३ दशमलव ३३ अंकले घट्यो, २ अर्ब ४५ करोड रुपैयाँको कारोबार

1
1.1K Shares

कात्तिक १६, काठमाडौं ।
सोमवार शेयरबजार परिसूचक नेप्से ३ दशमलव ३३ अंक घटेर १ हजार ६३७ दशमलव ६३ विन्दुमा झरेको छ । दिनभरको कारोबार अवधिमा १ सय ९७ कम्पनीका ६ लाख ९३ हजार कित्ता शेयर खरीद विक्री हुदा २ अर्ब ४५ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।

बैंक, विकास बैंक, अन्य र जीवन बीमा समूहको शेयर ओरालो लाग्दा समग्र बजार पनि घटेको हो । बैंक समूहको शेयर ११ प्रतिशत, अन्य समूहको तीन प्रतिशत र जीवन बीमा समूहको शेयर नौ प्रतिशतले घटेको छ ।

व्यापार, होटल, जलविद्युत, फाइनान्स, माइक्रोफाइनान्स, निर्जीवन बीमा उत्पादन लगायतका समूहको शेयर भने बढेको छ । आज सबैभन्दा धेरै प्राइम कमर्सियल बैंकको १२ करोड ४० लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो । त्यस्तै विशाल बजार कम्पनीको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत वृद्धि भएको छ ।

सारथि नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ९५ प्रतिशत,गुँरास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ९४ प्रतिशत र शिवश्री हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९ दशमलव ६६ प्रतिशतले वृद्धि भएको हो ।

1

Scroll to Top