Banijya News

नेकपाकोे सचिवालय बैठक आज बस्दै

1
1.1K Shares

कात्तिक २८, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग परामर्श गरी महासचिव विष्णु पौडेलले शुक्रबार अपराह्न ४ बजेका लागि सचिवालय बैठक बोलाएका हुन् ।

यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत सदस्यले बैठकका बोलाउन माग गर्दै आएका थिए । तर प्रधानमन्त्री ओलीले बहुमतको आडमा आफुलाई पेल्न खोजेको भन्दै सचिवालय बैठक बोलाउन अस्विकार गर्दै आएका थिए ।
पार्टी विधानअनुसार दुवै अध्यक्षको सहमतिमा बैठक डाक्ने व्यवस्था भएको र त्यसका लागि पहिला एजेन्डामा सहमति हुनुपर्ने अडान राखेपछि प्रचण्डसहित पाँच नेताले लिखितरुपमा नै बैठक बोलाउन माग गरेका थिए ।

यसअघि कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ गरी पाँच जनाले मंसिर २२ मा सचिवालय बैठक डाक्न अध्यक्ष ओलीलाई लिखित माग बुझाएका थिए ।तर दुई अध्यक्षबीच सहमति जुट्न नसेपछि बिहीबार प्रचण्डले सचिवालयको अनौचारिक बैठक बोलाउनुभएको थियो । दुई अध्यक्षबीच सहमति जुटेपछि बिहीबारको सचिवालयको अनौपचारिक बैठक स्थगित भएको थियो ।

सचिवालय बैठकमा राजदूत सिफारिस, मन्त्रिपरिषद् पुनर्गठन, भारतीय रअका प्रमुखसँगको भेट, कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावलगायतको एजेन्डामा छलफल हुने बताइएको छ ।

1

Scroll to Top