Banijya News

सबैभन्दा बढि कर तिर्ने करदाता सुर्य नेपाल, व्यक्तिगत आयकर तिर्नेमा विजय बहादुर शाह

1
1.1K Shares

काठमाडौं, मंसिर ७ । आन्तरिक राजस्व विभागले यस वर्ष उत्कृष्ट करदाताको रुपमा विभिन्न १५ कम्पनी तथा उद्योगलाई सम्मान गरेको छ ।

विभागले नवौ कर दिवसको अवसरमा आईतबार सबैभन्दा बढि कर तिर्ने कम्पनीलाई सम्मान गरेको हो ।

यस वर्ष पनि सबैभन्दा बढि कर तिर्ने करदाताका रुपमा सुर्य नेपाल प्राईभेट लिमिटेड नै सम्मनित भएको छ ।

विभागले कर दिवस २०७७ को अवसरमा आर्थिक वर्ष २०७६÷७७ सालमा सबैभन्दा बढि कर तिर्ने करदातालार्ई सम्मान गरेको हो ।

यस्तै सबैभन्दा बढि निर्यात गरि आयकर तिर्ने कम्पनीको रुपमा डाबर नेपाल, सबैभन्दा बढि आयकर तिर्ने विशेष करदाता हिमाल पावर लिमिटेड, कृषी तथा पशुपक्षिं क्षेत्रमा सबैभन्दा बढि आयकर तिर्ने करदाता अन्नपुर्ण एग्रो ईन्डष्ट्रिज, सहकारीमा सबैभन्दा बढि आयकर तिर्ने छिमेकी लघुवित्त तथा बैंक तथा वित्तिय संस्थातर्फ नविल बैंक सम्मानित भएका छन् ।

बिमा कम्पनीमा पुर्नबिमा कम्पनी लिमिटेड तथा शिक्षाको क्षेत्रमा मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप प्राईभेट लिमिटेड सम्मानित भएको छ ।

यस्तै धेरै व्यक्तिगत आयकर तिर्नेमा विजय बहादुर शाह सम्मानित हुनुभएको छ ।

विभागले हरेक वर्ष मंसिर १ गते कर दिवस मनाउँदै आएको छ ।

गत आर्थिक वर्षमा व्यक्तिगत आयका आधारमा सबैभन्दा बढी आयकर विजयकुमार शाहले तिरेका छन् ।
सरकारले नौ वर्षदेखि राष्ट्रिय कर दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गर्दै आएकोमा नवौँ कर दिवसमा व्यक्तिगत आयकर सबैभन्दा बढी तिर्नेमा विजयकुमार शाहलाई सम्मान गरेको हो । यसअघिका अधिकांश कर दिवसमा सिप्रदी ट्रेडिङ प्रालिका अध्यक्ष सिदार्थशम्शेर राणा उत्कृष्ट करदाता बनेर सम्मानित हुँदै आएका थिए । यस पटक शाहले उनलाई उछिनेका छन् । शाहको सम्मानसँगै नेपालमा रक्सीको व्यापार मौलाउँदै गएको देखिएको छ ।  आर्थिक वर्ष २०७५÷७६ मा बुझाएको करका आधारमा मूल्याङ्कन गर्दै आन्तरिक राजस्व विभागले यस वर्ष सबैभन्दा बढी आयकर तिर्ने व्यक्तिका रूपमा शाहलाई सम्मान गरेको हो । शाह जाउलाखेल डिष्टिलरीका प्रबन्ध निर्देशक हुन् ।

1

Scroll to Top