Banijya News

मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई गर बर्खास्त

1
1.1K Shares

काठमाडौं– नेकपा विभाजनको असर प्रदेश एक सरकारमा पनि परेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेपछि विभाजनको असर एक नम्बर प्रदेशमा देखिएको हो ।
मुख्यमन्त्रीका प्रेस सल्लाहाकार धुव्र सुवेदीले आर्थिक मामिला तथा योजना मन्त्रीलाई वर्खास्ती गरिएको पुष्टि गरे ।
पूर्वमाओवादी नेता आङ्बो प्रचण्ड–नेपाल समूहमा रहेका छन् । उनले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान थालेपछि मुख्यमन्त्रीले उनलाई बर्खास्त गरेका हुन् । आइतबार नै मुख्यमन्त्री राईविरुद्ध दाहाल नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।
यसअघि शुक्रबार बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध दाहाल नेपाल समूहका ४६ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

1

Scroll to Top