असार ९, काठमाडौं ।
लगातारको गिरावटपछि मंगलबार उच्च अंकले बढेको नेप्से आज फेरि उच्च अंकले घट्न पुगेको छ। बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५३.८८ अंकले घटेको हो। यससँगै नेप्से २८५९.९६ विन्दुमा ओर्लिएको छ।
नेपाल धितोपत्र धितोपत्र बोर्डले असार १ गते सेयर मूल्यमा अस्वाभाविक चलखेल भएको भन्दै ५१ कम्पनीको सूची सार्वजनिक गरेपछि नेप्से परिसूचकमा निरन्तर गिरावट हुँदै आएको थियो।आज कारोबार रकम पनि करिब साढे आठ अर्बमा खुम्चिएको छ। नेप्सेमा आज आठ अर्ब ३६ करोड २६ लाख ७१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। कूल २१८ वटा कम्पनीका एक करोड ९४ लाख १७ हजार ५३२ कित्ता सेयर ९१ हजार ७५ पटक खरिद-बिक्री भएका थिए।


