सेयर धितोकर्जामा मौद्रिक नीति मार्फत लागेको सीमा सन्तुलित तथा मजबुत बजारको लागि अतिनै आबस्यक देखिन्छ । राष्ट्र बैंकले मौद्रिक नीति अन्तर्गत शेयर धितोमा प्रवाह हुने मार्जिन कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रूपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म मात्र लिनसक्ने व्यवस्था पुंजीबजारको जोखिमबाट बचाउने एउटा सहि कदम हो । हाम्रो देशमा केही ठूला खेलाडीहरुले मात्र सेयर धितोकर्जा क्याप भन्दामाथि उपभोग गरेका छन् । जसको कारणले गर्दा नेप्सेमा धेरै ठुलो उतार चढाव देखेकाछौँ भने सुरु देखिनै नकारात्मक ईपिस भएका कम्पनीहरुलाई समेत प्ले गरेर ८ – १० गुना शेयर मुल्य पुराउने काम गरेजसको फलस्वोरुप साना लगानीकर्ताहरुलाई फसाउने काम गरियो । अर्को कुरा चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयर धितोकर्जामा लगाइएको सीमाले औद्योगिक र व्यावसायिक प्रयोजनका लागि लिइने शेयर धितोकर्जा प्रभावित नहुने कुरा प्रस्ट भैसकेको छ । तर यसको लागि नियमन निकायले वाच गर्नु पर्ने तथा हरेक शेयर कारोबार हुने ठुलो कारोबारमा बिशेष ध्यानदिनुपर्ने देखिन्छ ।
१२ करोडको क्यापसंगै शेयर धितोमा प्रवाह हुने मार्जिन कर्जामा कम्पनीको बर्गिकरण रेटिंगको आधारमा मात्र होइन- कार्यकुसलता तथा कम्पनीको ब्यापारीक जोखिमको आधारमा तय गर्नुपर्ने हुन्छ । किनकि आज हामीले प्रस्ट देखिरहेका छौ रेटिंग एजेन्सीमा पनि पारदर्सिता देखिदैन । शेयरधितो मार्जिन कर्जामा पनि कम्पनीहरुलाई बर्गिकरण गर्दा सबैलाई एउटै बकेटमा राख्नुहुदैन । अहिले यही कुराले मार्जिन कर्जामा समस्या आइरहेकोछ । नेपाल राष्ट्र बैंकले जनताको लगानी सुरक्क्षित होस्भन्नेचा हन्छ, जस अनुरुप बैंकहरुले आफ्नो कर्जा सुरक्क्षित रुपमा प्रबाह गर्न चाहन्छन भने अर्कोपाटो लगानी कर्ताहरुले पनि लगानी सुरक्क्षित होस्भन्ने चाहन्छन । तर बजारमा लगानी कर्ता भन्दापनि शर्टटर्मट्रेडर (सट्टेबाज) हरु धेरै जन्मिए जसको कारण बजार धेरै भोलाटाइल देखियो ।
हामीले नेप्सेलाई ३०० भन्दामुनिनै देखिसकेकाछौँ । बिचमा धेरै परिबर्तनहरु भए । हाम्रो बजारले डिजिटल प्रबिधिमा फड्को मारेको छ । अनलाइन कारोबार लगभग परिपक्क हुने अबस्थामा छ । अहिले नै भोलाटाइल मार्केट देखेर डराईहाल्नुपर्ने अवस्था छैन । तर ब्रोकर तथा सामाजिक आर्थिक अभियन्ताहरुको पछाडी लागेर लगानी गर्नु उचित भने पक्कै होइन । अहिले मार्केटमा कुनै सेक्टर वा कम्पनीलाई टार्गेट गरेर घटाउने बढाउने खेल चलिरहेको छ, त्यो देखि बच्नसक्नु भयो भने तपाईको लगानी सुरक्क्षित हुन्छ । छिमेकि राष्ट्र भारतको शेयर बजार हेर्ने हो भने अफलाई नदेखि अनलाईन ट्रेडिङ्गमा परिबर्तन हुँदा ४ देखि ५ गुनासम्म स्टक एक्सचेन्जले सकारात्मक गति लिएको थियो । हाम्रो नेप्सेलाई १२०० बेस मान्ने हो भने पनि ५००० सजिलै क्रसगर्ने देखिन्छ । तर यसको लागि तुरुन्तै जान्छ भन्ने चाहिँ होइन । हाम्रो शेयर बजार प्रतिस्प्रधी नै छैन । हाम्रो बजारमा सिमित प्रोडक्ट, थोरै विकल्प, मनोपोली तथा एकाधिकार बजार जस्ता कुराहरुले जकेडिरहेको छ । यो अवस्था देखि पारलगाउन केहि सुधार गर्न जरुरि देखिन्छ :
१) प्रतिस्प्रधात्मक, भरपर्दो तथा गुणस्तरिये ट्रेडिंग सफ्टवएर बनाउनुपर्ने ।
२) ईन्ट्राडेट्रेडिंगको विकास गर्ने । आज सम्म भएका सबै ट्रेडिंग डेलिवेरीमा आधारित मात्र भएका छन् । ईन्ट्राडे ट्रेडिंग भनेर भ्रम फैलाइएको मात्र छ । अन्तररास्ट्रियस्तरमा ईन्ट्राडेट्रेडिंग भनेको सोहि दिन खरिद गरिसोहि दिननै बिक्रि गर्न सकिने ब्यबस्था हो । जसको राफसाफ सोहि दिन हुन्छ ।
३) सब ब्रोक र तथा ईब्रोकरको ब्यबस्था गर्नु पर्ने ।
४) ब्रोकेजडेलिवेरीमा बढीमा ०.२% तथा इन्ट्राडेट्रेडिंगमा ०.०२% गराउनु पर्ने, छिमेकि देस भारतको हेर्ने हो भने ब्रोकेज चार्ज गर्ने अधिकार ब्रोकरलाई नै दिएको छ भने मासिक भोलुमेको आधारमा डेलिवेरीमा निउनतम ०.१% तथा इन्ट्रा डेट्रेडिंगमा ०.०१% गराउने प्रचलन छ ।
५) फ़िउचर एंड ऑप्शन प्रोडक्टको विकास गर्ने ।
६) मार्जिन ट्रेडिंगको विकास गर्ने जस अनुरुप लिमिट, कम्पनीको बर्गिकरणको आधारमा मार्जिन लेन्डिंगको % लिमिट क्याप बेबस्था गर्नुपर्ने ।
७) इंडेक्स ट्रेडिंगको विकास गर्ने ।
८) सेयेरको अलावा बस्तु (कमोडिटी) तथा बिदेशी मूद्रा (करेंसी) को कारोबार पनि संलग्न गराउने, छिमेकि देश भारतमा BSE तथा NSE स्टक एक्स्चेन्जहरुमा यी नी दुवै बस्तु ट्रेडिंग हुने गरेको छ, यी नी बस्तुहरुको ट्रेडिंगले ब्रोकेज मात्र होइन आयात निर्यातमा हुने बिदेशी मुद्राको घाटालाई हेजिंग गरि सन्तुलन बनाउंदछ ।
९) बैंकलाई ब्रोकरलाइ सेन्स दिएर प्रतिस्प्रधात्मक, भरपर्दो तथा गुणस्तरिये ट्रेडिंग सेयर बजार विकास गर्ने ।
१०) ब्रोकरहरु मर्जगरि, कार्यदक्षता, प्रबिधि विकास गर्ने तथा प्रतिस्प्रधी बनाउने ।
११) नयाँ स्टक एक्स्चेन्ज ल्याई बजारलाई प्रतिस्प्रधी र आर्बिट्रेज प्लेट्फोर्मको विकास गर्ने ।
अहिलेको आर्थिक, सामाजिक, राजनैतिक तथा समसायिक बिषय-बस्तुहरुलाई हेर्ने हो भने केहि ठुला लगानीकर्ताको निजि स्वार्थको लागि मात्र बाजार घटाइएको देखिन्छ । रातो देख्दैमा नकारात्मक सोच्नु हुदैन, यो एउटा बजारलाई स्टेबल बनाउने क्रियाकलाप मात्र हो । बजार सकारात्मक छ । अहिलेको स्थितिले पर्ख र हेर अनि राम्रो कम्पनीमा लगानी गर भन्ने संज्ञा दिन्छ । घब्राएर घाटा बुक गरिहाल्नु पर्ने समय होइन । कोरोनले अब छिट्टै मुक्ति दिने संज्ञा दिरहेको छ । धेरै देशहरुले मास्क फ्री गर्न लागिसके । पर्यटन क्षेत्रमा बुकिङ्ग सुरु हुन लाग्यो । धैर्यगरौँ, छिट्टैनै हाम्रो शेयर बजारलाई नयाँ उचाईमा देख्न पाइनेछ ।


