Banijya News

जग्गाको उच्चतम मूल्य नियन्त्रणका लागि कानून परिमार्जन आवश्यक : सचिव थपलिया

1
1.1K Shares

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जग्गाको मूल्य नियन्त्रण गर्न कानून परिमार्जन आवश्यक रहेको बताएका छन् ।
मेक इन नेपाल स्वदेशी समिटमा बोल्दै उनले दिर्घकालीन रुपमा जग्गाको उच्चतम मूल्यवृद्धिको कारण खोज्दै नियन्त्रणका लागि कानूनमा परिमार्जन गरेर जान सकिने तर्क राखेका छन् ।
८ औं संसोधनबारे कोभिड प्रकोपकै कारणपनि कतिपय कानून परिमार्जन हुन नसकेको उनको भनाइ छ । उनले भने–‘ यहाँ भूमिसम्बन्धी ऐनमा ८ औं संसोधनको कुरा उठेको छ, थप परिमार्जन गर्नुपरे सान्दर्भिक छलफल गर्न सकिन्छ ।’
थपलियाले अन्य मुलुकका राम्रा अभ्यासलाई पनि अवलम्बन गरेर अगाडि बढन सकिने बताएका हुन् ।

1

Scroll to Top