Banijya News

आर्थिक सर्बेक्षण : सरकारको ढुकुटीमा १ खर्ब ४ अर्ब ३४ करोड

1
1.1K Shares

सरकारको ढुकुटीमा १ खर्ब ४ अर्ब ३४ करोड रुपैंया रहेको पाइएको छ । अर्थ मन्त्रालयले संसदमा पेश गरेको आर्थिक सर्बेक्षणले अघिल्लो आर्थिक वर्ष ७ अर्ब ४४ करोड रुपैयाँ घटामा रहेकोमा यो वर्ष बचतमा देखिएको हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा संघीय संचित कोषमा जम्मा हुने रकम समेत बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा २० प्रतिशतले बढेको हो ।
उद्योगमा लगानी २ खर्ब २८ अर्ब
त्यस्तै कोभिड महामारीका बाबजुद मुलुकमा चालु उद्योगमा गरिने लगानी र रोजगारी सिर्जना बढेको छ । आर्थिक सर्वेक्षण २०७८÷७९ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म सबै प्रकारका उद्योगमा हुने लगानी २ खर्ब २८ अर्ब रुपैयाँले बढेको छ । जसका कारण मुलुकमा २० हजार व्यक्तिलाई थप रोजगारी सिर्जना भएको सर्वेक्षणले जनाएको छ ।
चालु आर्थिक वर्षको फागुनसम्म सबैखाले उद्योगमा भएको कुल लगानी २५ खर्ब १२ अर्ब पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस क्षेत्रमा २२ खर्ब ८४ अर्ब लगानी भएको थियो ।
गत वर्षको कुल लगानीमा ६ लाख २८ हजारलाई रोजगारी सिर्जना भएकोमा चालु आवको फागुनसम्म यस्तो रोजगारी सिर्जना हुने संख्या ६ लाख ४८ हजार ३५ रहेको छ । नयाँ तथ्याङ्कअनुसार प्रतिउद्योग रोजगारी सिर्जना ७५ पुगेको छ ।

यस्तै यस अवधिमा कुल वैदेशिक लगानी प्रतिबद्धतामा पनि केही सुधार देखिएको छ । चालु आवको फागुनसम्म यस्तो लगानी २४.८ प्रतिशतले बढेर ३१ अर्ब ८३ करोड पुगेको छ । समीक्षा अवधिमा यस्तो प्रतिबद्धता ३ खर्ब २० अर्बले बढेको हो ।
प्रधानमन्त्री रोजगारबाट ७१ हजारले पाए रोजगारी
आर्थिक वर्ष २०७८÷७९ को फागुनसम्म प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ७ लाख ८ हजार २ सय ८७ सूचीकृत बेरोजगारमध्ये ७१ हजार ३ सय २४ जनाले रोजगारी प्राप्त गरेका छन्।
आर्थिक वर्ष २०७७÷७८ मा ७ लाख ५२ हजार ४ सय ५० सूचीकृत बेरोजगारमध्ये १ लाख ८१ हजार ५ सय ७७ ले रोजगारी प्राप्त गरेका थिए ।
आर्थिक वर्ष २०७७÷७८ मा ७५३ स्थानीय तह मध्ये ७०८ स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएको थियो । औषत दिनको हिसाबले बढी मात्रामा रोजगारी प्रदान गर्ने प्रदेशहरूमा क्रमशः कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश नं १, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेश रहेका थिए । रोजगार व्यवस्थापन सूचना प्रणालीको अभिलेखअनुसार २०७८ फागुनसम्म रोजगार संयोजक ६९९ र प्राविधिक सहायक ६७३ गरी जम्मा १,३७२ जना रोजगार सेवा केन्द्रमा कार्यरत छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सूचीकृत बेरोजगारमध्ये चालु आर्थिक वर्षमा रोजगारी उपलब्ध गराउन प्रस्ताव गरिएको २ लाख व्यक्तिको २०७८ साल माघ १६ देखि २०७९ असार मसान्तसम्मका लागि काममा खटिएको १०० दिनको लागि सामुहिक दुर्घटना बीमा गरिएको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म ६,६३० व्यक्तिलाई व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान मार्फत सीपमूलक तालिम प्रदान गरिएको छ । रूपान्तरणकारी आयोजनाको रूपमा कार्यान्वयनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित विभिन्न रोजगार लक्षित कार्यक्रमबाट २०७८ फागुनसम्म ३० हजार ४८ व्यक्तिले आंशिक रोजगारी र ११ हजार ४ सय २० व्यक्तिले पूर्ण रोजगारी प्राप्त गरेका छन् ।

सो कार्यक्रमबाट आर्थिक वर्ष २०७७÷७८ मा ३ लाख ८३ हजार ३८ व्यक्तिले आंशिक रोजगारी र २३ हजार ५ सय ७२ व्यक्तिले पूर्ण रोजगारी प्राप्त गरेका थिए।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित विभिन्न रोजगार लक्षित कार्यक्रमबाट हालसम्म ८ लाख ५६ हजार ५ सय ५३ जनाले आंशिक रोजगारी प्राप्त गरेका छन् भने ८३ हजार ७ सय ७३ जनाले पूर्ण रोजगारी प्राप्त गरेका छन् ।

तराई÷मधेश समृद्धि कार्यक्रम अन्तर्गत चालु आ.व ०७८÷७९ को लागि विनियोजित १ अर्ब ५१ करोड वित्तीय हस्तान्तरण मार्फत ५१८ आयोजनारकार्यक्रमहरू कार्यान्वयनको चरणमा रहेका छन्।

1

Scroll to Top